२०८२, २ चैत्र सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘अर्जुन ट्रफी’ खेल्ने टोली घोषणा



धनगढीमा आयोजना हुने ‘अर्जुन ट्रफी’ टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टोली घोषणा गरिएको छ । बैतडीको दशरथचन्द एकेडेमी भुवन कार्कीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

विभिन्न उमेर समूहका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलिसकेका खेलाडीलाई टोलीमा सम्मिलित गराइएको छ । टोलीमा अमरसिंह रौटेला, दिवान पुन, रुपेश सिंह, बसन्त खत्री, खडक बोहोरा, दीपक बोहोरा, प्रदीप चन्द, हिमाल दौल्याल, जनक सुनार, दीपक चन्द, लोकेश चन्द, सुमित बुडाल र सल्लाउद्धिन खान रहेका छन् । टोलीको प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द र व्यवस्थापकमा जीवन शाही रहेका छन् ।

बैतडीले आफ्नो पहिलो खेल यही माघ २० गते सिवाईसी अत्तरियासँग खेल्ने छ । सुदूरपश्चिम प्रदेशको क्रिकेटमा उल्लेखनीय योगदान दिनुभएका अर्जुन खड्काको स्मृतिमा ‘अर्जुन ट्रफी’ आयोजना गर्न लागिएको हो । प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको  सर्वोत्कृष्ट खेलाडीले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु ५० हजार पुरस्कार पाउने छन् । प्रतियोगितामा देशभरका आठ टोलीको सहभागिता रहने छ ।

प्रकाशित मिति : २०८१, १८ माघ शुक्रबार ००:००  ४ : १९ बजे