२०८१, १८ माघ शुक्रबार | Fri Jan 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सुशासन कायम गर्न र भ्रष्टाचार निवारणमा सरकार असफल’



आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार निवारणमा सरकार असफल भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद साहले भ्रष्टाचार निवारणमा सरकार निरन्तर कमजोर हुँदा विद्यमान शासकीय व्यवस्थाप्रति नागरिक तहमा वितृष्णा बढेको बताउनुभयो । मन्त्रिपरिषद्का निर्णयहरूमाथि पनि छानबिन गर्न साहले माग राख्नुभयो ।

सरकारमा रहेका दुई विपरीत विचारधारा बोकेका दलहरूले लोकतन्त्रलाई सुदृढ गर्न नसक्ने उहाँको भनाइ छ ।

सरकारको पुँजीगत खर्च निकै कमजोर रहेको उहाँले बताउनुभयो । सङ्घीय निजामती सेवा ऐन चाँडो पारित हुनुपर्नेमा सांसद साहले जोड दिनुभयो ।

प्रकाशित मिति : २०८१, १८ माघ शुक्रबार ००:००  ६ : ०७ बजे