२०८१, २१ फाल्गुन बुधबार | Wed Mar 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको राजनीति अस्थिरताले युवा पुस्तामा पारेको प्रभाव



नेपालको राजनीतिक स्थिरता लामो समयदेखि एउटा गम्भीर चुनौतीको रूपमा देखिएको छ। बारम्बार सरकार परिवर्तन, राजनीतिक अस्थिरता, र नेतृत्वको कमजोरीले गर्दा देशको विकास प्रक्रियामा ठुलो प्रभाव परेको छ। यस्तो अवस्थामा, युवा पुस्ता प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। राजनीतिमा देखिएको अस्थिरताका कारण युवाले आफ्नो भविष्य प्रति निराशा महसुस गरेका छन्।

राजनीतिक अस्थिरताको कारण
नेपालको राजनीतिक अस्थिरताको प्रमुख कारण भनेको राजनीतिक दलहरूबिचको असमझदारी, नेतृत्वको अभाव, भ्रष्टाचार, र स्वार्थले भरिएको राजनीति हो। यस्ता कारणले गर्दा विकास योजनाहरू लामो समयसम्म कार्यान्वयन हुन नसक्नु, आर्थिक नीतिहरू प्रभावकारी रूपमा लागू नभएको अवस्था देखिन्छ।

युवा विदेश पलायनको प्रमुख कारण
राजनीतिक अस्थिरताका कारण सिर्जित बेरोजगारी, अवसरको अभाव, तथा देशभित्रै रहन सक्ने आशावादी वातावरणको कमीले गर्दा युवा पुस्ता विदेश जान बाध्य भएका छन्। विदेशमा श्रम गर्नु नै आफ्नो भविष्य सुरक्षित गर्ने बाटो भएको अनुभूति धेरै युवाले गरेका छन्। यसले देशभित्रै सीपयुक्त जनशक्तिको अभाव उत्पन्न गराएको छ।

आर्थिक विकास किन हुन सकेको छैन ?
देशमा आर्थिक विकास नहुनुको प्रमुख कारण भनेको नीतिगत स्पष्टताको अभाव, परियोजनाहरूमा ढिलासुस्ती, भ्रष्टाचार, तथा राजनीतिक अस्थिरता हो। लगानीका लागि सुरक्षित वातावरणको कमी, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीति निर्माण नहुनु, र कृषि तथा उद्योगको उचित विकासमा ध्यान नदिनुजस्ता समस्याले गर्दा आर्थिक विकासमा ठुलो चुनौती आएको छ।

आर्थिक खस्कावट र युवामाझ उत्पन्न समस्याहरू
देशको आर्थिक अवस्था खस्किँदा युवा पुस्ता थप असुरक्षित भएका छन्। उनीहरूले शिक्षा त लिएका छन् तर त्यसको आधारमा रोजगारी पाउन सकेका छैनन्। यसले उनीहरूको आत्मबल घटाइरहेको छ। बेरोजगारीको दर उच्च भएको, लगानी गर्ने वातावरण नभएको, र आफ्ना प्रयासहरूलाई सही दिशा दिन नपाउँदा युवा पुस्ता परनिर्भर बन्दै गएका छन्।

युवा पुस्ताले केही गर्न नसक्नुका कारण

१.अवसरको कमी : उचित अवसर उपलब्ध गराउन नसकिनु प्रमुख कारण हो।

२.राजनीतिक हस्तक्षेप : युवाको नेतृत्व क्षमतामा राजनीतिक हस्तक्षेपले नकारात्मक प्रभाव पारेको छ।

३.स्रोत र साधनको अभाव : सरकारी र निजी क्षेत्रले युवाका परियोजनाहरूलाई समर्थन नगर्नु।

४.प्रशिक्षण र सिपको कमी : सीप विकास र उद्यमशीलता प्रवद्र्धनमा ध्यान नदिनु।

युवालाई अवसर नदिएको कारण
नेपालमा युवा पुस्तालाई अवसर प्रदान नगर्नुको कारण भनेको पुरानो संरचनात्मक सोच र उमेरका आधारमा विभेद गर्नु हो। नीति निर्माण तहमा युवालाई समेट्न नसक्दा उनीहरूको आवाज दबिएको छ।

देश विकासमा युवा पुस्ताको भूमिका
युवा पुस्ता देश विकासका लागि मेरुदण्ड हुन सक्छन्। उनीहरूको ऊर्जाशीलता, नवीन सोच, र प्रविधिको ज्ञानले देशलाई नयाँ दिशा दिन सक्छ। तर, त्यसका लागि युवालाई सही अवसर, स्रोतसाधन, र प्रोत्साहन दिनुपर्छ।

भविष्यमा पर्ने असर
यदि अहिलेको जस्तै अवस्था रहिरह्यो भने देशले आफ्नो युवा जनशक्तिलाई गुमाउने सम्भावना छ। यसले गर्दा आर्थिक, सामाजिक, र राजनीतिक क्षेत्रमा थप अस्थिरता निम्त्याउन सक्छ।

नेपालको राजनीतिक अस्थिरता, अवसरको अभाव, र नीति निर्माणमा भएको कमजोरीका कारण युवापुस्ता निराश भइरहेका छन्। देशको विकासका लागि युवालाई प्राथमिकता दिनुपर्ने जरुरी छ। राज्यले युवा पुस्तालाई सही अवसर र स्रोत दिन नसकेसम्म देशको आर्थिक र सामाजिक विकास सम्भव छैन।
युवाहरूले पनि परिस्थितिलाई दोष दिने मात्र होइन, आफ्नो क्षमतामा विश्वास गर्दै नयाँ अवसरहरूको खोजी गर्नुपर्ने देखिन्छ। राज्य, समाज, र युवाबिच सहकार्य भयो भने मात्र नेपालले स्थिरता, विकास, र समृद्धिको मार्ग पहिल्याउन सक्छ ।

प्रकाशित मिति : २०८१, १९ माघ शनिबार ००:००  ७ : ५८ बजे