
ओखलढुंगा । ओखलढुंगामा सर्वसाधारणको पनि निःशुल्क कोरोना परीक्षण हुने भएको छ । कोरोनाको आशंका लागेका सबै नागरिकले निःशुल्क पिसिआर परिक्षण गराउन पाउने ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।
कोरोना संक्रमणको आशंका भएमा वा कोरोना सँग मिल्दा जुल्दा लक्षण देखिएमा जिल्लाका जो कोहि नागरिकले निःशुल्क रुपमा पिसिआर परीक्षण गर्न पाउने व्यवस्था गरिएको उनको भनाई छ । जिल्लामा पछिल्लो समय पिसिआर मार्फत कोरोना परिक्षणको दायरालाई बढाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
अब बाहिरी मुलुकबाट आएका नागरिक वा जिल्ला भित्रै रहेर पनि कोरोना सँग मिल्दाजुल्दा लक्षण देखिएका नागरिकले जिल्ला स्वास्थ कार्यालय ओखलढुंगामा सम्पर्क गरेर निःशुल्क पिसिआर मार्फत कोरोना परिक्षण गराउन सक्ने छन् । यसरी परिक्षण गराउदा कुनै पनि शुल्क लाग्ने छैन ।











