२०८१, ३ फाल्गुन शनिबार | Sun Feb 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जङ्गलमा लागेको आगो नियन्त्रणमा ल्याउन हेलिकप्टरबाट पानी हाल्दै भोटेकोसी गाउँपालिका



सिन्धुपाल्चोककाे भोटेकोसी गाउँपालिका २ कोदारिको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएपछि भोटेकोसी गाउँपालिकाले हेलिकप्टरको सहायताबाट आगो नियन्त्रणको काम थालेको छ ।

शुक्रबार सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर २ मा पर्ने कोदारीको जङ्गलमा लागेको आगोलाई आइतबार सम्म नियन्त्रणमा नआएपछि भोटेकोसी गाउँपालिकाले हेलिकप्टरको सहायताबाट आगालागी नियन्त्रणमा लिने काम गरिरहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताए ।

शुक्रबार लागेको आगो केही नियन्त्रणमा आउने देखिए पनि नियन्त्रणमा नआएपछि आज बिहानै आफूले हेलिकप्टर लिएर आकाशबाट पानी हालेर नियन्त्रण गर्न प्रयास गरिरहेको अध्यक्ष शेर्पाले बताए । अरनिको राजमार्ग सीमा क्षेत्रको माथिल्लो भेगमा आगो लागेको हो, आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

आगलागी ठुलो हुँदै गएपछि यसले वन जङ्गलमा भने क्षति गरेको छ अध्यक्ष शेर्पाले भने अहिले हामीले नेपाल, प्रहरी , सशस्त्र प्रहरी बल र नेपाल आर्मीसँग समन्वय गरेर आगो नियन्त्रणमा लिने काम गरिरहेको अध्यक्ष शेर्पाले बताए ।

अहिले निभाउने काम भइरहेको छ, अध्यक्ष शेर्पाले भने, आज दिउँसो सम्म आगो नियन्त्रणमा आउने शेर्पाले बताए । आगलागीबाट हिमाली भेगमा पाइने विभिन्न जडिबुटी जलेर नष्ट भएका छन ।

प्रकाशित मिति : २०८१, २० माघ आइतबार ००:००  १२ : ३१ बजे