२०८१, २० माघ आइतबार | Sun Feb 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्जुन ट्रफी क्रिकेटः अत्तरियाले बैतडीलाई हरायो



कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा सिवाइसी अत्तरिया विजयी भएको छ । अत्तरियाले दशरथचन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गर्‍यो ।

जितका लागि पाएको एक सय ६५ रनको लक्ष्य पछ्याएको बैतडीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३८ रन मात्रै बनाउन सक्यो । उसका लागि हिमाल दौल्यालले सर्वाधिक ३९ रन बनाए । 

बलिङतर्फ अत्तरियाका विवेक यादवले चार, साहव आलम र कमल गुप्ताले २र२ विकेट लिए ।

त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६४ रन बनायो । जसमा भीम सार्कीले अर्धशतकीय पारी खेल्दै ७० रनमा अविजित रहे । बैतडीका अमरसिंह रौटेलाले २ विकेट हात पारे ।

गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले रु  १० लाख र उपविजेताले रु पाँच लाखसहित ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई रु एक लाख प्रदान गरिनेछ भने उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु ५०–५० हजार पाउनेछन् । साथै प्लेयर अफ द म्याचलाई रु १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा  आठ टोलीको सहभागीता रहेको छ । 

पाटनको राष्ट्रपति रनिङ शिल्ड कृष्ण माविले जित्यो
बैतडीको पाटन नगरपालिकामा सम्पन्न चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्ण माध्यामिक विद्यालय पाटनले हात पारेको छ । आठ स्वर्ण, तीन रजत र चार कास्यसहित कृष्ण मावि पहिलो भएको हो ।

यस्तै सिगास माबी गौरीशङ्कर पोखरी छ स्वर्ण चार रजत र दुई कास्यसहित दोस्रो हुँदा सिद्धनाथ मावी सिलङ्गा छ स्वर्ण, तीन कास्य र दुई रजतसहित तेस्रो भयो । यसैगरी उदयदेव मावी किम्तोलीले दुई स्वर्णसहित १६ पदक हात पारेको छ ।  वजयपुर खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा १५ विद्यालय सहभागी थिए ।

प्रकाशित मिति : २०८१, २० माघ आइतबार ००:००  १ : ४२ बजे