२०८१, ३ फाल्गुन शनिबार | Sun Feb 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढोरपाटन नगरपालिकाको भवन सम्पन्न



तीन वर्षदेखि निर्माणाधीन ढोरपाटन नगरपालिकाको भवन यही माघमा सम्पन्न भएको छ । उक्त भवन रु चार करोड ५९ लाख ३४ हजारमा निर्माण भएको हो ।

निर्माण सकिएसँगै नगरले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने योजनासहित सोमबार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहद्वारा भवन उद्घाटन गर्ने कार्यतालिका बनाएको नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८-७९ देखि भवन निर्माण सुरु भएको भन्दै आफ्नै कार्यालयबाट सेवा दिन थालेपछि सेवाग्राही र सेवाप्रदायक दुवैलाई सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

उपप्रमुखले भन्नुभयो, “यो भवन अघिल्लो कार्यकालमा बन्नुपर्ने थियो । जग्गा व्यवस्थापन नहुँदा केही समस्या भएपछि निर्माणमा ढिलाइ भएको हो । उद्घाटनपछि केही दिनमा भवन स्थानान्तरण गरी गुणस्तरीय सेवा प्रवाह गर्नेछौँ ।”

भवन निर्माण भए पनि सवारीसाधन पार्किङस्थल, अन्य पूर्वाधार व्यवस्थापनको काम बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरेले बताउनुभयो । यसअघि वार्षिक रु २५ लाख बढी भाडाबापत रकम भुक्तानी गर्नुपरेको जनाउँदै आफ्नै भवनबाट सेवा दिन थालेपछि उक्त रकम बचत हुने उहाँले उल्लेख गर्नुभयो । 

प्रकाशित मिति : २०८१, २० माघ आइतबार ००:००  २ : ३२ बजे