२०८१, २३ माघ बुधबार | Wed Feb 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिगो र बहुवर्षिय योजनालाई गतिदिँदै छायाँनाथ रारा



मुगुको छायाँनाथ रारा नगरपालिकाले पूर्वाधार विकासका कामलाई गति दिएको छ । स्थानीय सरकारले आफ्नै बजेटबाट दिगो विकासको लक्ष्य अनुसार पूर्वाधार विकासका कामलाई जोड दिएको हो ।

स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित मेयर विष्णुकुमार भामको नेतृत्वमा नगरपालिकाको प्रशासकिय भवन बनेको छ । सुविधा सम्पन्न यो भवन निर्माणपछि नगरको सेवा प्रवाह थप सहज बनेको छ ।

वडा नम्बर १ मा नेपाल राष्ट्रिय मिन माध्यमिक विद्यालय, वडा नम्बर १० मा बालकल्याण आधारभुत विद्यालय, वडा नम्बर १२ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय शोभासहितका नगरभित्रका दर्जनौं विद्यालयका भवन बनाइएको छ ।

विगतमा खुला आकाशमुनी बसेर धुलोमैलोमा पढ्न बाध्य यहाँका विद्यार्थीहरु अहिले सुविधासम्पन्न विद्यालयका भवनमा रमाई रमाई पढिरहेका छन् ।

छायाँनाथ रारा नगरपालिका भित्रका स्वास्थ्य संस्थामा सुविधासम्पन्न भवन बनाईएको छ । गुणस्तरीय स्वास्थ्य सेवाका लागि आवश्यक पूर्वाधार, औषधी र उपकरणको व्यवस्था गरिएको छ ।

कोरिया अन्तराष्ट्रिय सहयोग नियोग र गुड नेवर्स इन्टरनेश्नल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र किर्डाक नेपालको साझेदारीमा सञ्चालित मातृ तथा बाल स्वास्थ्य सुधार परियोजना मुगुद्धारा छायाँनाथ रारा नगरपालिकाको सहकार्यमा ६५ लाख ५१ हजार २ सय ७० रुपैंया लागतमा वामा प्रसुति गृह निर्माण गरिएको छ ।

अन्य वडाका स्वास्थ्य केन्द्रका भवनहरु बनाइएको छ भने जिल्ला आँखा उपचार केन्द्रलाई व्यवस्थीत रुपमा सञ्चालन गरिएको छ ।

८७ वटा बस्ति रहेको छायाँनाथ राराका करिब सबैजसो बस्तिमा सडकको पहुँच पुगेको छ । मुर्मा र सुम्ली जस्ता कर्णाली पारिका गाउँमा मोटर पुर्याउन नगरले करोडौं बजेट खर्चेर बेलीबृज निर्माण गरेको छ । कर्णाली नदि र वडा नम्बर २ को चैनाखोलासहितका विभिन्न स्थानमा बेलिबृज निर्माण गरेर गाउँ गाउँमा सडक सुविधा पुर्याइएको छ ।

सबैजसो वडामा मठमन्दिर, पार्टी पौवा, पैदलमार्गसहितका संरचना निर्माण गरेर पर्यटकीय पूर्वाधार विकासमा समेत नगरपालिकाले गति दिएको छ ।

सिमित स्रोतबाट असिमित काम गरिरहेका नगरप्रमुख भामकै अगुवाईमा छायाँनाथ रारामा श्रमदान अभियान चलिरहेको छ । श्रमदानबाट थुप्रै सार्वजनिक संरचनाहरु निर्माण गरिएको छ ।

विगत केही वर्ष अघिसम्म विकट मानिने छायाँनाथ रारामा संघियतापछि अझ वर्तमान जनप्रतिनिधिको नेतृत्वमा भएका विकासका कामले यस क्षेत्रको परिचय बद्लिएको छ । पूर्वाधार विकासको अभावले  दुर्गम मानिएका गाउँहरुमा विकास पुगेसँगै सुगम र सुविधासम्पन्न बन्न थालेका छन् ।

पछिल्लो २ वर्षको कार्यप्रगति नियाल्दा छायाँनाथ रारामा ऐतिहासिक उपलब्ध हासिल हुनेगरी काम भएको छ । नगरकै बजेटबाट करोडौंका दर्जनौं बहुवर्षिय योजना सञ्चालन भईरहेका छन् ।

भएका काम र आएको परिवर्तनबाट नगरबासी निकै खुसी छन् ।

प्रकाशित मिति : २०८१, २३ माघ बुधबार ००:००  ७ : २५ बजे