२०८२, १० जेठ शुक्रबार | Fri May 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा हिउँदे वर्षा नहुँदा किसान समस्यामा



जिल्लामा यस वर्षको हिउँद याममा वर्षा र हिउँ नपर्दा बाली सुक्दै गएपछि यहाँका किसान समस्यामा परेकाछन् । हिउँदे बाली सुक्न थालेको तिला गाउँपालिका– १ का स्थानीयवासी जय बुढाले जानकारी दिनुभयो ।

गाउँमा सिँचाइको सुविधा नहुँदा आकासे पानीको भरमा कृषकले खेतीपाती गर्दै आएकाछन् । लामो समयदेखि वर्षा नहुँदा किसानले लगाएका हिउँदे बाली सुक्न थालेको छ । यस याममा विशेषगरी स्याउका नयाँ विरुवा लगाउने समय होे । माघको अन्तिम साता भइसक्दा पनि वर्षा र हिउँ नपर्दा यहाँका किसानलाई सास्ती उहाँको भनाइ छ ।

जिल्लामा हिउँदे बालीको रूपमा गहुँ, जौ र विभिन्न तरकारी लगाइन्छ । हाल यी बाली वर्षा र हिउँ नपर्ला बारीमै सुक्न थालेपछि जिल्ल्लाका कृषक चिन्तित बनेकाछन् । विगतका वर्षहरूमा समय समयमा पानी तथा हिउँ पर्ने गरेको थियो । यो वर्षको समयमै वर्षा नहुँदा उब्जनीमा ह्रस आउने यहाँका किसानको भनाइ छ ।

विगतका वर्षहरूमा हरेक हिउँदमा हिउँ पर्ने गरेको थियो र उब्जनी धेरै हुन्थ्यो । तर पछिल्लो वर्षहरूमा हिउँ सारै कम परिरहेकोले उब्जनीमा समेत कमी भएको छ । सिँचाइको सुविधा नहुँदा हिउँदे बालीमा असर भइरहेको तिला गाउँपालिका–१ का वडाध्यक्ष जंग बहादुर बस्नेतको बताउनुभयो ।

जिल्ला भर कुल दुई लाख ५३ हजार एकसय हेक्टर क्षेत्रफल जमिन रहेको छ । यसमा ३८ हजार चार सय ८६ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ भने २६ हजार चार सय ३५ हेक्टर क्षेत्रफलको जमिनमा खेती गरिएको छ । सिँचाइ गर्ने योग्य जमिन तीन हजार छ सय ५० रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ जुम्लाका प्रमुख खेमराज शाहीले जानकारी दिनुभयो । जिल्लाको कुल क्षेत्रफल मध्ये १५ दशमलव २१ प्रतिशत खेती योग्य जमिन रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले जनाएको छ ।

खेतीयोग्य जमिनमध्ये हालसम्म आठ हजार ४४२ हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको छ भने बाँकी खेतीयोग्य जमिनमा क्रमशः सिँचाइका योजना निर्माण कार्य भइरहेको प्रमुख शाहले बताउनुभयो । यसपालि हिउँदमा वर्षा नहुँदा देशभर कृषि क्षेत्रमा सबैभन्दा ठूलो असर पर्ने देखिन्छ ।

प्रकाशित मिति : २०८१, २४ माघ बिहीबार ००:००  १२ : २७ बजे