२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा ११ किलोमिटर सडक निर्माण



यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा ११ दशमलव तीन किलोमिटर सडक निर्माण गरेको छ ।

उक्त कार्यालयका निमित्त प्रमुख प्रभाकरप्रसाद सिंहले जिल्लाभित्रका सडकलाई प्राथमिकतामा राखेर निर्माण भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो आर्थिक वर्षमा १८ वटा सडक निर्माणका आयोजना सञ्चालनमा छन् । ती योजनाका लागि रु १८ लाखदेखि एक करोड ५० लाखसम्म विनियोजन भएको छ ।”

झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत प्रदेश सरकारको वित्तीय समानीकरणको बजेटबाट चालु आर्थिक वर्षमा तातोपानी गाउँपालिका–४ स्थित गिडीदह, सिञ्जा–२ स्थित रनुखाना, हिमा–१ शेरादह र महादेव मावि रुखेटा खोलामा पुल निर्माण गरिने छ । लाम्रोचौर गाडापारी र मसानघाट जिम्री  जिउलामा पुल बनाउन रकम अभाव भएको उहाँको गुुनासो छ । 

साथै उहाँले तातोपानी, सिञ्जा र कनकासुन्दरी गाउँपालिका क्षतिग्रस्त झोलुङ्गेपुलहरु मर्मतसम्भार गरिने जानकारी दिनुभयो । 

प्रकाशित मिति : २०८१, २५ माघ शुक्रबार ००:००  ११ : ०६ बजे