२०८२, ३१ असार मंगलबार | Wed Jul 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने



चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५ गतेसम्म प्रदेश राजधानी जनकपुरमा सञ्चालन हुने सो तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जना युवाको सहभागिता रहनेछ ।

समावेशी सिद्धान्तका आधारमा मधेश प्रदेशका आठ जिल्लाबाट प्रशिक्षार्थी छनोटका लागि बोर्डले बिहीबार सात दिनको म्याद दिई आवेदन आह्वान गरेको छ । आवेदन फाराम बोर्डको ‘वेबसाइट’www.flim.gov.np बाट ‘डाउनलोड’ गरी ‘इमेल’ ठेगाना fdbworkshop2024@gmail.com मा पठाउन सकिनेछ । 

युवा चलचित्रकर्मीहरूलाई पटकथा लेखनसम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक ज्ञान तथा सीप प्रदान गरी मधेशको मौलिक एवं यथार्थपरक कथा उजागर गर्न तालिम सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिनुभयो । उहाँका अनुसार मधेशको चलचित्रकर्मलाई राष्ट्रिय मूलधारसँग जोड्ने, मातृभाषा चलचित्रको प्रवर्द्धन तथा चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित बोर्डले मधेशमा विशेष अभियान सञ्चालनको तयारी गरेको छ । यसै अभियानअन्तर्गत पटकथा लेखन ताालिम सञ्चालन गर्न लागिएकोे अध्यक्ष डिसीले बताउनुभयो ।

तालिम संयोजक एवं बोर्ड सदस्य केएल बुढाथोकीले तालिमका क्रममा प्रशिक्षार्थीबाट तयार पारिएका उत्कृष्ट पाँच पटकथालाई बोर्डका माध्ययमबाट प्रस्तुतीकरणका लागि पहल गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८१, २५ माघ शुक्रबार ००:००  १२ : ३२ बजे