२०८१, २५ माघ शुक्रबार | Fri Feb 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला टी–ट्वान्टी श्रृङ्खला : नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै



महिला टी–ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको छ ।

कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितरे पहिला ब्याटिङ रोजेकी हुन् । नेपाल यसअघि खेलेका पााचवटै खेलमा पराजित भएको छ । यसअघि नेपाल नेदरल्याण्डससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्याण्डसँग चार विकेट र पाँच रनले पराजित भएको थियो ।

थाइल्याण्ड भने यसअघि खेलेका पाँच खेलमध्ये चारमा जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । यसअघि थाइल्याण्डले नेदरल्याण्ड्सलाई आठ विकेट र १७ रनले हराएको थियो । यस्तै थाइल्याण्ड पछिल्लो खेलमा भने नेदरल्याण्ड्ससँग एक विकेटले पराजित भएको थियो ।

आज नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित बिन्दु रावल, सम्झना खड्का, एलिशाकुमारी यादव, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, राजमती ऐरी, मनिषा उपाध्याय, सिता राना मगर र रचना चौधरी छन् । राजमतीले प्रतियोगितामा आजको खेलबाट डेब्यू गरेकी हुन् ।

प्रकाशित मिति : २०८१, २५ माघ शुक्रबार ००:००  १२ : ४५ बजे