२०८१, २५ माघ शुक्रबार | Fri Feb 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अपाङ्गता भएका बालबालिकालाई घरमा आधारित शिक्षा मार्फत अक्षर चिनाउँदै मैवाखोला



ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय बाहिररहेका अपाङ्गता भएका बालबालिकालाई घरमा आधारित शिक्षा मार्फत अक्षर चिनाउने भएको छ । शारीरिक अपाङ्गता भएका कारण औपचारिक शिक्षा आर्जन गर्न विद्यालय जान नसक्ने बालबालिकालाई गाउँपालिकाले घरैमा शिक्षक पढाएर अक्षर चिनाउने भएको हो ।

फरक क्षमता भएका बालबालिकाहरुलाई विद्यालयमा ल्याएर पठनपाठन गराउन सम्भव नभएकाले घरैमा आधारभूत रुपमा अक्षर र अंक चिनाउने, संख्यात्मक रुपमा ज्ञान दिने र सामाजिक एवम् संवेगात्मक सीप सिकाउने उद्देश्यले घरमा आधारित शिक्षा कार्यक्रमको नीति ल्याइएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले अनलाइन सरोकारसँग बताए । पालिका भित्रका अपाङ्गता भएका बालबालिकाको यकिन तथ्याङ्क संकलन र घरमा आधारित शिक्षाको पाठ्यक्रम निर्माणको काम भईरहेको अध्यक्ष वनेमको भनाई छ ।

मैवाखोलामा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, मैवाकोखा गाउँपालिका र करुणा फाउण्डेसन नेपालको साझेदारीमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सञ्चालनमा छ । यो कार्यक्रम अन्तरगत यहि फाल्गुण १ गतेबाट ३ महिना मैवाखोलामा घरमा आधारित शिक्षा कार्यक्रम सञ्चालन हुनेछ ।

पहिलो चरणमा वडानम्बर ५ का नोर्बु शेर्पा र वडा नम्बर  ६ की सुम्निमा लिम्बु घरमा आधारित शिक्षा कार्यक्रममा समेटिने छन् ।

गाउँपालिकाले घरमा आधारित शिक्षा कार्यक्रम अन्तरतगत अध्यापन गराउने शिक्षकको दर्खास्त आवहन गरेको छ ।

प्रकाशित मिति : २०८१, २५ माघ शुक्रबार ००:००  ३ : ०५ बजे