२०८२, ३ फाल्गुन आइतबार | Sun Feb 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सात सय २६ केजी गाँजा बरामद



बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट सात सय २६ केजी गाँजा बरामद भएको छ । बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ प्र।१–०२–००२ च ५८३८ नम्बरको स्कारपियोबाट आज उक्त परिमाणको गाँजा बरामद भएको हो ।

मौवहा मल्हनिया प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक हेमन्त तामाङका अनुसार सवारीसाधनका चालक फरार छन् । निजको खोजी भइरहेको छ ।

गत पुस २७ गते पनि बलान बिहुल गाउँंपालिका–१ कमलदाहाबाट ६७० किला तथा मङ्सिर ४ गते जिल्लाको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट टिपर र चालकसहित एक हजार सात सय १७ किलो गाँजा बरामद भएको थियो ।

प्रकाशित मिति : २०८१, २६ माघ शनिबार ००:००  ३ : ५६ बजे