२०८२, ६ फाल्गुन बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मैवाखोलामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता



यहाँको मैवाखोला गाउँपालिकामा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सो अवसरमा गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार, प्रतियोगिताको महत्वलाई ध्यानमा राख्दै सार्वजनिक बिदा दिइएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा मैवाखोला गाउँपालिकाको संयोजनमा उक्त प्रतियोगिता आयोजना गरिएकोे हो ।

गाउँपालिकाले प्रतियोगितामा सहभागी हुने खेलाडीको सुरक्षालाई ध्यानमा राख्दै रु एक लाख बराबरको दुर्घटना बिमासमेत गरेको छ । यस प्रतियोगितामा विभिन्न विधामा ६६ स्वर्ण, ६६ रजत र ७० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २०८१, २७ माघ आइतबार ००:००  १ : ४४ बजे