२०८१, २८ चैत्र शुक्रबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किशोरीलाई धाकधम्की दिएर जबरजस्ती करणी



धनगढीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्।

किशोरीलाई धाकधम्की दिएर जबरजस्ती करणी गरेको घटना प्रहरीमा पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो।

पीडित किशोरी बाजुराको खप्तडछेडेदह गाउँपालिकाकी हुन्।उनी धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा बसेर अध्ययन गर्दै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराका अनुसार उनीमाथि बिहीबार साँझ जबरजस्ती करणीको घटना भएको थियो

स्कुलबाट घर फर्किने क्रममा सडकमा बाटो छेकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएको उजुरीमा भनिएको छ।

ती युवक १८ वर्षीय रहेका छन्। उनीमाथि जबरजस्ती करणी गरेर युवक भागेको प्रहरीले जानकारी दिएको छ। पीडित किशोरीले शनिबार मात्र प्रहरी समक्ष जाहेरी दिएकी थिइन्।

‘किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्ती करणी गर्ने युवकको खोजी भइरहेको छ,’ डिएसपी बोहराले भने।

प्रकाशित मिति : २०८१, २७ माघ आइतबार ००:००  २ : ४० बजे