२०८१, २९ चैत्र शनिबार | Sat Apr 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालिकामाथी सामूहिक बलात्कार, दुई जना पक्राउ



कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार (जबरजस्ती करणी) भएको छ । मोहन्याल गाउँपालिका घर भएर बर्दगोरिया गाउँपालिका–२ स्थित डेरामा बस्ने १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणीको आरोपमा बर्दगोरिया गाउँपालिका-३ का ४४ वर्षीय गोपाल विक र सोही स्थानका एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव डीएसपी कबिन्द्र सिंह बोहराले बताए ।

कक्षा ४ मा अध्ययन गर्ने बालिकालाई पक्राउ परेका विकले मासु पकाएर ल्याइदिनू भन्दै मासु दिएका थिए । मासुु पकाएर विकलाई दिन उनको पसलमा पुगेका बेला पसलको कोठामा लगेर दुवै जनाले जबरजस्तीकरणी गरेको डीएसपी बोहराले बताए ।

घटनाबारे पीडितकी दिदीले प्रहरीलाई जानकारी गराएलग्त्तै इलाका प्रहरी कार्यालय बौनियाको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१, २८ माघ सोमबार ००:००  १ : ०३ बजे