२०८१, ८ मंसिर शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना रोकथामका लागि टोखा नगरपालिकामा समिति गठन




काठमाडौं ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंको टोखा नगरपालिकाले ९ सदस्यीय समिति गठन गरेको छ । नगरपालिका भित्र कोरोेनननाको जोखिम बढ्दै गएको भन्दै बुधबार बसेको नगरकार्यपालिकाको बैठकले उपमेयर ज्ञानमाया डंगोलको संयोजकत्वमा ९ सदस्य समिति गठन गरेको हो ।

हाल नगरपालिकाको तिलिङ्गटार मा.बि लाई क्वारेन्टाइन बनाइएको छ भने आवश्यकता अनुसार अन्य स्थानमा पनि निमार्ण गरिनेछ । भ्यान्टीलेटरको आवश्यकता र औचित्यताको आधारमा पूर्वाधार तथा स्वास्थकर्मीहरुसंगको समन्वयमा आवश्यक निर्णय लिने सदस्य समितिले गरी सदस्य समिति गठन गरिएको हो ।

बैठकले टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य चौकीको नियमित सेवालाई बन्द गरि कोरोना संक्रमित व्यक्तीहरुलाई राख्ने ब्यवस्था गर्ने र आवश्यकता अनुसार सरकारवाला पक्षलाई सिफारीस गरी भेन्टीलेटरको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

यस्तै,े कोरोना पोजेटिभ भइ होम आइसोलेशनमा बस्न चाहने संक्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन ३५० रूपैयाँ उपलब्ध गराउने पनि नगरपालिकाले जनाएको छ ।
टोखाले कोभिड–१९ सँग सम्बन्धित कार्यमा खटिने स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता उपलब्ध गराउने बारेमा समेत छलफल चलाएको छ । धापासी स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्य स्वयम् सेविका मन केसीलाई उपचार खर्चवापत ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

कोरोना नियन्त्रण तथा रोकथाममा प्रत्येक वडाबाट खटिएका बढीमा १५ जना स्वयम् सेवकलाई सम्बन्धित वडा कार्यालयको सिफारिसको आधारमा राष्ट्रिय बीमा कम्पनीमार्फत कोरोना बीमा प्रक्रिया अगाडि बढाउने निर्णय भएको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

टोखाले विष्णुमति करिडोर निर्माणको सम्बन्धमा सरोकारवालासँग आवश्यक छलफल गरी प्रक्रिया अगाडि बढाउने भएको छ ।

प्रकाशित मिति : २०७७, ४ भाद्र बिहीबार ००:००  ५ : ५८ बजे