२०८३, ३० बैशाख बुधबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्यसम्पादन मूल्याङ्कन अनुसार लिखु गाउँपालिका उत्कृष्ट घोषित



राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन अनुसार नुवाकोट जिल्लामा लिखु गाउँपालिका उत्कृष्ट घोषित भएको छ। लिखुले ७३.१ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।

शिवपुरी गाउँपालिका ६९ अंकका साथ दोस्रो स्थानमा रहँदा म्यागङ गाउँपालिकाले ६५.२ अंक प्राप्त गरी तेस्रो स्थानमा आएको छ। अन्य पालिकाहरूको कार्यसम्पादन सूचकाङ्क निम्नानुसार रहेको छ:

विदुर नगरपालिका – ५८.६

बेलकोटगढी नगरपालिका – ५२.९

तादी गाउँपालिका – ६३.४

पञ्चकन्या गाउँपालिका – ६१.८

तारकेश्वर गाउँपालिका – ४८.४

दुप्चेश्वर गाउँपालिका – ५९.९

सुर्यगढी गाउँपालिका – ४९.२

किस्पाङ गाउँपालिका – ५६.७

ककनी गाउँपालिका – ५४.५

आयोगले तोकेका १७ वटा सूचकहरूका आधारमा मूल्याङ्कन गर्दा लिखु गाउँपालिका शीर्ष स्थानमा रहन सफल भएको हो।

प्रकाशित मिति : २०८१, १ फाल्गुन बिहिबार ००:००  ११ : ०७ बजे