२०८१, २८ फाल्गुन बुधबार | Wed Mar 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँझोपन निवारण गर्न ‘डोर टु डोर’ पशु उपचार सेवा दिँदै सुनवल नगरपालिका



नवलपरासीको सुनवल नगरपालिकाले पशुवस्तुको बाँझोपन निवारण गर्न ‘डोर टु डोर’ अभियान चलाउने भएको छ । किसानलाई गाउँमै आत्मनिर्भर बनाउने नीति लिएको  सुनवल नगरपालिकाले पशुवस्तुको नश्ल सुधार गर्दै बाँझोपन हटाएर पशुपालक किसानको आयस्रोत वृद्धिका लागि यो अभियान चलाउने भएको हो ।

नगरभित्रका किसानले पालेका गाई भैँसीमा बाझोपन निवारण गर्न विशेषज्ञसहितको सहभागितामा डोर टु डोर कार्यक्रम संचालन गर्ने तयारी गरिएको नगर प्रमुख विमला अर्यालले अनलाइन सरोकारलाई बताइन् ।

डोर टु डोर कार्यक्रमका लागि किसानबाट आवेदन लिनेकाम भईरहेको छ । हालसम्म २५ जना किसानले नगरमा निवेदन दिइसकेका छन् । थप २५ वटा निवेदन लिएर ५० वटा पुगेपछि अभियानको थालनी गरिने नगरप्रमुख अर्यालको भनाई छ ।

गाई भैँसीमा बाँझोपन हुँदा प्रजनन नहुने र दूध उत्पादन बन्दहुने र उपचारपश्चात् प्रजनन हुने र दूध उत्पादन पनि राम्रो हुने भएकाले सुनवलमा यो अभियान सुरु गर्न लागिएको हो ।

सुनवलका अधिकांश किसान कृषि र पशुपालनमा आवद्ध छन् । स्थानीय सरकारले किसान लक्षित यस्ता कार्यक्रमहरु ल्याएपछि व्यवसायिक खेती र पशुपालनमा किसान जुटेका छन् ।

प्रकाशित मिति : २०८१, २ फाल्गुन शुक्रबार ००:००  २ : ११ बजे