२०८२, १६ जेठ बिहीबार | Thu May 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेमौसमी तरकारी खेती विस्तार गर्दै भीरकोट नगरपालिका



स्याङ्जाको भीरकोट नगरापालिकाले बेमौसमी तरकारी खेती विस्तार गर्ने भएको छ ।

निर्वाहमुखी परम्परागत खेती गर्दै आएका किसानलाई बेमौसमी तरकारी खेतीमा आकर्षित गराएर गाउँमा आत्मनिर्भर बनाउने अवधारणा अनुसार भीरकोटमा व्यवसायिक बेमौसमी तरकारी खेती विस्तार गर्न लागिएको हो ।

मौसमी तरकारी खेतीको तुलनामा बेमौसमी तरकारी खेतीबाट कृषकले मूल्य पाउने र तरकारीको बजारीकरण पनि सहज हुने भएकाले हेफरसँगको साझेदारीमा यसवर्ष देखि भीरकोटमा बेमौसमी तरकारी विस्तार गरिने नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले अनलाइन सरोकारसँग बताए ।

हेफरको ३० प्रतिशत र बाकी ७० प्रतिशत नगरपालिकाले लगानी गरेर करिब दुई करोडको लागतमा बेमौसमी तरकारी खेती विस्तार गरिने नगरप्रमुख कर्माचार्यको भनाई छ ।

भीरकोटका सबैजसो वडामा बेमौसमी तरकारी खेतीको उत्तिकै सम्भावना छ ।

प्रकाशित मिति : २०८१, २ फाल्गुन शुक्रबार ००:००  ३ : ०३ बजे