२०८२, १० जेठ शुक्रबार | Sat May 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरकोट भ्रमण वर्ष २०८२ बारे बागमती प्रदेश सरकारको चासो



नगरकोटस् चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरकोटमा उपत्यका मेयर्स फोरमको एघारौ बैठक भब्यताका साथ सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नंं ६ स्थित होटल सोल्टीमा आइतबार आयोजित बैठक अहिलेसम्मकै ऐतिहासिक र भब्य रुपमा सम्पन्न भएको हो ।

सोही अवसरमा पहिलो पटक बागमती प्रदेश सरकार मुख्यमन्त्री सहित विभागीय मन्त्री सम्मिलीत बैठकमा स्थानीय तहका जननिर्वाचीत प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बीच वित्तीय हस्तान्तरण, राजस्व बाँडफाड र अन्तरतह समन्वय सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

बैठकमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीचको आपसी सहकार्य, समन्वय गर्दै अगाडि बढ्ने विषयमा छलफल भएको हो ।

बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उपत्यका मेयर्स फोरसँग सहकार्य गर्दैै अगाडि बढ्न तयार रहेको बताउनुहुँदै त्यसका लागि नियमीत छलफल, अन्तक्रिर्या जस्ता कार्यक्रम गरिरहन आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री लामाले नगरकोट भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य भए धेरै क्षेत्रमा अगाडि बढ्न सहयोग पुग्ने बताउनुभयो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेले पर्यटकीय नगरी नगरकोटको पर्यटन पबद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको नगरकोट भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै, अनौपचारिक कार्यक्रमपछि बसेको बैठकले काठमाडौं उपत्यकामा संचालीत सवारी साधनहरुको धुँवा प्रदुषण परिक्षण प्रविधि कार्यान्वयनमा ल्याउने, काठमाडौं उपत्यकाका अस्पालजन्य फोहोरमैला ब्यवस्थापन गर्ने निर्णय गरेको छ । साथै चाँगुनारायण नगरपालिकाले मनाउन लागिरहेको नगरकोट भ्रमण वर्ष २०८२ लाई पूर्ण रुपमा सफल बनाउन साथ दिदैं आआफ्नो तर्फबाट सहयोग गर्ने निर्णय पनि गरिएको छ ।

त्यस्तै, कीर्तिपुर नगरपालिकाका नवनिर्वाचीत प्रमुख तथा फोरमका सदस्य कृष्णमान डंगोललाई बैठकमा स्वागत समेत गरिएको थियो ।

बैठकमा धन्यवाद ज्ञापन गर्नुहुँदै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले पर्यटकीय क्षेत्र नगरकोटमा मेयर्स फोरमको एघारौ बैठक आयोजना गर्ने सौभाब्य पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।

चाँगुनारायण नगरपालिकाले समग्र नगरपालिकाको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले नगरकोट भ्रमण वर्ष मनाउन लागिरहेको जानकारी गराउनुहुँदै त्यसका लागि आआफ्नो तर्फबाट सहयोग गरि सफल बनाउन सहयोगी भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभयो । साथै उहाँले भ्रमण वर्ष कार्यक्रमको नियन्त्रणा समेत दिनुभयो ।

मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनको सभापतीत्वमा सम्पन्न कार्यक्रममा उपत्यकाका प्रमुख र उपप्रमुखहरुको सहभागिता रहेको थियो । साथै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठको पनि सहभागिता थियो । कार्यक्रम अहिलेसम्म कै भब्य र सभ्य रुपमा सम्पन्न गरेकोमा चाँगुनारायण नगरपालिकालाई धन्यवाद समेत ज्ञापन गरिएको थियो ।

यसअघि बैठकको औपचारिक कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईले संचालन गर्नु भएको थियो भने नगर उपप्रमुख रमेश बुढाथोकीले स्वागत मन्तब्य राख्नुभएको थियो । सोही अवसरमा चाँगुनारायण नगरपालिकाको बृहत्त रुपमा तयार पारिएको वृत्तचित्र (डकुमेन्ट्री) समेत देखाइएको थियो ।

बैठकमा चाँगुनारायण नगरपालिकाका ९ वटै वडाका वडाध्यक्षहरु, कार्यापालिका सदस्यहरु र विभिन्न शाखा प्रमुखहरुको पनि सहभागिता थियो ।

प्रकाशित मिति : २०८१, ५ फाल्गुन सोमबार ००:००  ७ : ५९ बजे