नेपाल पुस्तक तथा स्टेसनरि व्यवसाय महासङ्घ जिल्ला शाखा काठमान्डौंले पाठ्यपुस्तक तथा स्टेसनरि सामाग्रीहरुको विद्यालय हातभित्रबाटै विक्री वितरण भएको सन्दर्भमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरि व्यवसाय महासङ्घका अध्यक्ष नारायणप्रसाद दाहाल र अनुगमन समितिका संयोजक विष्णुलाल गिरी लगायत नेपाल पुस्तक तथा स्टेसनरि व्यवसाय महासङ्घ जिल्ला शाखा काठमान्डुका पदाधिकारी एवम् सदस्यहरूले गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाल , कागेश्वरी मनोहरा नगरपालिका नगर प्रमुख उपेन्द्र कार्की र शंखरापुर नगरपालिका नगर प्रमुख रमेश नापितलाई विद्यालय हातभित्रबाटै पाठ्यपुस्तक तथा स्टेस्नरी सामग्रीको विक्री वितरण कार्यलाई रोक्न ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पत्रमा नेपालको कानुन अनुसार सम्मानित सर्वोच्च अदालतको फैसला २०६८ र नेपाल सरकार संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ समेतले विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा स्टेसनरी सामाग्रीहरू विक्री वितरण नगर्ने ,नगराउने भन्ने आदेश भई कानुन बनिसकेको अवस्थामा अझै पनि कानुनको बर्खिलाप हुने गरी विद्यालय हातभित्रबाटै पाठ्यपुस्तक तथा स्टेसनरी सामाग्रीहरूको बिक्री वितरण कार्य भएकाले उक्त कार्य रोक्ने सन्दर्भमा पत्रमा लेखिएको छ ।

