२०८१, ८ मंसिर शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खिजीदेम्बामा अनुमती बिना प्रवेश निषेध



ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले अनुमति बिना गाउँपालिका प्रवेशमा रोक लगाएको छ । बुधबार गाउपालिका क्षेत्र भित्र रहेकी एक किशोरीमा कोरोना संक्रमण पुष्टि भएपछि विहिबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले स्थानीय सरकारको दोहोरो अनुमति बिना गाउँपालिमा आवतजावत गर्न नदिने निर्णय गरेको हो ।

बाहिरबाट आएका नवप्रवेशी व्यक्तिका कारण कोरोना फैलने डर भएको भन्दै आउने र जाने स्थानीय तहको दोहोरो अनुमति पत्र बिना गाउँपालिका क्षेत्रभित्र प्रवेश गर्न नदिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । सम्बन्धित वडाको अनुमति पत्र नभएका व्यक्तिलाई आवत जावत नगर्न अनुरोध गरिएको गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद गौतमले बताए । उनका अनुसार रौतहटबाट सरुवा भएर आएका प्रहरी परिवारकी सदस्य रहेकी १५ वर्षिय किशोरीमा कोरोना देखिएपछि आवत जावतमा कडाई गरेको हो ।

पालिका क्षेत्रभित्र कोभिड नियन्त्रणका विभिन्न विधि अपनाउने निर्णय गरेको कार्यपालिका बैठकले खिजीफलाटेमा साप्ताहिक रुपमा लाग्दै आएको खिजीफलाटे बजार भाद्र महिनाभर बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिका भित्र धार्मीक कार्य तथा भिडभाडमा हुने सबै कार्यक्रम भाद्र महिनाभित्र गर्न नपाईने साथै मृत्यु संस्कार समेत उच्च सतर्कता अपनाएर गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाको केन्द्र र आसपासका वडाका समेत सबै होटल तथा पसल भाद्र ११ गते सम्म पूर्णरुपमा बन्द गर्ने र त्यसपछि १८ गते सम्म बिहान ७ बजेदेखि ११ बजे सम्म होटल तथा पसल सञ्चालन गर्न दिने निर्णय भएको छ ।

रौतहटबाट आएर खिजीदेम्बाको क्वारेन्टाईनमा बसेकी किशोरीमा बुधबार कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रमा त्रास फैलिएको छ ।

प्रकाशित मिति : २०७७, ४ भाद्र बिहीबार ००:००  २ : ०५ बजे