२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज तीज: घरमै महादेवको पूजा आराधना गरी मनाइँदै



काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज आज (शुक्रबार) महादेवको पूजा आराधना गरी मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक मान्यता रहेको छ ।

शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन छ । तीजको अवसरमा महिलाहरुले नाचगान तथा रमाइलो गर्ने चलन समेत रहेको छ । तर, यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । साथै पर्वका अवसरमा पशुपतिलगायतका मन्दिरहरु बन्द रहेका छन् । बुधबार रातिदेखि निषेधाज्ञा लागू भएपछि यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन् ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोआकांक्षा पूरा हुने विश्वास छ । निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम ब्रत रहेका छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने उनको भनाई छ ।

बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइँन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

प्रकाशित मिति : २०७७, ५ भाद्र शुक्रबार ००:००  २ : ०३ बजे