२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरघरमा ‘क्यूआरकोड’ राख्दै बरेङ गाउँपालिका



बाग्लुङको बरेङ गाउँपालिकाले सबै नागरिकका घरमा क्यूआरकोड सहितको विद्युतीय घर नम्बर राख्ने भएको छ । पालिकाको चालु आर्थिक वर्षको ‘मेरो घर, गाउँपालिको नजर’ भन्ने नीति अनुरुप पालिकाभित्रका सबै घरधुरीको अवस्था पहिचान गर्न क्यूआरकोड सहितको विद्युतीय घर नम्बर राख्ने तयारी गरेको हो ।

प्रविधिमैत्री पालिका बनाउने अभियान स्वरुप हरेक घरको डिजिटल डाटा राखेर घरघरमा क्युआरकोड राख्ने र त्यसको अनुगमन पालिकाबाटै गर्नेगरी यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

बरेङ गाउँपालिका भित्रका ५ वटै वडाका करिब २ हजार ९ सय २५ घरधुरीमा यसैवर्ष क्युआर कोडसहितको विद्युतीय घर नम्बर राख्ने तयारी भईरहेको छ ।

सुरुमा सर्वेक्षण गर्ने  क्युआरकोड जेनेरेट गरेर घरघरमा राख्ने कामका लागि सर्वेक्षक नियुक्तीको प्रकृया अघि बढाइएको बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले अनलाइन सरोकारलाई बताए । अध्यक्ष शर्माका अनुसार सर्वक्षक छनौट भएपछि काम सुरु हुनेछ ।

गाउँपालिकाको र वडा कार्यालयको सेवा, विद्यालयको सूचना र स्वास्थ्य संस्थाको सुविधासमेतलाई प्रविधिसँग जोडेर प्रचार गरिरहेको बरेङले सिंगो पालिकालाई नै सूचना प्रविधिमा आधारित स्मार्ट पालिका बनाउने नीति लिएको छ ।

प्रकाशित मिति : २०८१, १३ फाल्गुन मंगलबार ००:००  १ : २८ बजे