बलेफी गाउँपालिका वडा नंं. ८ को आयोजनामा दोस्रो वडा अध्यक्ष कप अन्डर १३ फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।
खेल २०८१ चैत्र २८,२९,र ३० गते सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वसन्तपुर खेल मैदानमा हुने छ ।
संरक्षक बलेफी गाउँपलिका , सहयोग युथ स्पार्टस् क्लव ,प्राविधिक सहयोग सिन्धुपाल्चोक जिल्ला फुटबल संघ र आयोजक बलेफी गाउँपालिका वडा नंं. ८ को आयोजनामा उक्त खेल हुन लागेको हो ।
उक्त खेलमा १३ वर्ष भन्दा मुनिका खेलाडी सहभागी हुन पाउने छन् ।
प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रपैँया प्राप्त गर्नेछन् ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मूल लक्ष्य अनुसार फुटबल प्रतियोगिताको आयोजना गरिएको बलेफी गाउँपालिका वडा नंं. ८ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठको भनाई छ ।