२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य सेवा व्यवस्थित बनाउन गोकर्णेश्वरका मेयरले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण



गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालालले स्वास्थ्य क्षेत्र व्यवस्थित बनाउन प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

नेपाल मेडिकल कलेज स्थापनाको २५ औं वर्ष पुगेको अवसरमा आयोजित रजत जयन्ती समारोहमा मेयर रिसालले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई नागरिकको स्वास्थ्य जाँच र उपचार सेवालाई प्रभावकारी बनाउने गरी नीतिगत व्यवस्था गर्न ध्यानकर्षण गराएका हुन् ।

नेपालमा सञ्चालित मेडिकल कलेजहरु व्यवस्थित बनाएर सञ्चालन गरे अध्ययनका लागि विदेश जाने अवस्था रोकीने मेयर रिसालले बताए । स्थानीय तहको मात्रै प्रयासले स्वास्थ्य क्षेत्रमा आशातीत परिवर्तन आउन नसक्ने भएकाले केन्द्र सरकारले नीतिगत काम गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल मेडिकल कलेज स्थापनाको २५ औं वर्ष रजत जयन्तीको अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८१, १३ फाल्गुन मंगलबार ००:००  ६ : ५४ बजे