२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीमा एक साता लकडाउन



काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गुल्मीमा एक साता लकडाउन गरिएको छ । शुक्रबार राति १२ बजेदेखि भदौ १२ सम्म लकडाउन गरिएको प्रशासनले जनाएको छ ।

भाइरसको जोखिमलाई कम गर्नका लागि एक साता लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । लकडाउनको अवधिमा अत्यावश्यक कामबाहेक हिँड्डुल नगर्न, भीडभाड नगर्न, आ–आफ्नो घरमा परिवारसँग मात्र चाडपर्व मनाउन प्रशासनले आग्रह गरेको छ । तरकारी, दुग्धजन्य पदार्थहरुको पसल विहान र साँझ दुई पटक खोलिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लकडाउनको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । गुल्मीमा अहिलेसम्म ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ सय ६४ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको आइसोलेसनमा उपचार भइरहेको छ । संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७, ६ भाद्र शनिबार ००:००  ३ : ३० बजे