२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक विकासले सुगम बन्दै सोरु, ५६ वटै बस्तिमा माेटरबाटाे विस्तार गरिने



मुगुको सोरु गाउँपालिका सडक विकासले सुगम बन्दै गएको छ । स्थानीय सरकारले सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिएसँगै कर्णाली प्रदेशको दुर्गम पालिका सोरुका गाउँबस्तिहरु विगतभन्दा सुगम बन्न थालेका हुन् ।

३ वर्षअघि सम्म सोरु गाउँपालिकाको केन्द्रमा समेत सडकको सहज पहुँच थिएन । अहिले सोरुका ११ मध्ये १० वटा वडामा सडक पुगिसकेको छ । वडा नम्बर ११ मा भर्खरै सडक पु¥याइएको छ, भने वडा नम्बर ५ मा समेत सडक विस्तारको पहल भइरहेको छ । वडा नम्बर ५ को नेर क्षेत्रमा सडकको पहुँच पु¥याउन र कर्णाली करिडोरसँग जोड्न कर्णाली नदिमा बेलिबृज निमार्णको काम भईरहेको सोरु गाउँपालिका अध्यक्ष धर्म बहादुर शाहीले अनलाइन सरोकारलाई बताए ।

सबै ११ वटै वडामा यसैवर्ष भित्र सडक विस्तार गर्ने  ५६ वटा बस्ती रहेको सोरुका सबै टोलबस्तिमा यहि कार्यकाल भित्र मोटरबाटो पु¥याइने अध्यक्ष शाहीको भनाई छ ।

नयाँ सडक निर्माण र पुराना सडक स्तरोन्नतीमा सोरुले लगानी गरिरहेको छ ।

गाउँ गाउँमा सडक पुगेसँगै स्थानीयलाई यात्रा गर्न, स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन र सडक विकास भएपछि बिरामी परेकाहरुलाइ एम्बुलेन्स मार्फत अस्पताल लैजान सहज भएको छ ।

प्रकाशित मिति : २०८१, १५ फाल्गुन बिहीबार ००:००  १ : १६ बजे