२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवलपरासी पूर्वमा ८६ सहिद परिवार सम्मान



नवलपरासी ९बर्दघाट सुस्तापूर्व० मा द्वन्द्वकालमा ज्यान गुमाएका ८६ जना सहिदका परिवारलाई सम्मान गरिएको छ ।

द्वन्द्वपीडित महिला सञ्जालले २०५२ साल फागुन १५ गते जिल्लामा पहिलो सहिद भएको सम्झनामा यहाँका ८६ जना सहिदका परिवारलाई सम्मान गरेको हो । सञ्जालकी अध्यक्ष पार्वती सिग्देलका अनुसार जिल्लामा १०३ जना सहिदका परिवार रहेका भए तापनि सम्पर्कमा आएका ८६ जनाका परिवारलाई सम्मान गरिएका हो ।

जिल्लामा सहिद, बेपत्तालगायत विभिन्न किसिमका यातना भोगेका सूचीकृत परिवारका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यस वर्ष १२ जना बालबालिका सहिद परिवारबाट थपिएका छन्, उनीहरूलाई आगामी आर्थिक वर्षलेखि छात्रवृत्तिको व्यवस्था गरिनेछ ।”

प्रकाशित मिति : २०८१, १६ फाल्गुन शुक्रबार ००:००  १० : २३ बजे