२०८२, १८ माघ शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६.१ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म कति भयो क्षति ?



शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार अहिलेसम्म सम्म भूकम्पबाट एक घर पूर्ण रुपमा क्षति भएको र ३ घर आंशिकरुपमा क्षति भएको जनाएको छ। आंशिक क्षति हुनेमा एक गोठ र एक प्रहरी कार्यालय रहेको छ। त्यस्तै भूकम्पका कारण ३ परिवार विस्थापित भएका छन्। भूकम्पबाट ६ जना सामान्य घाइते भएका छन्।

भूकम्प आउँदा कारागारमा कैद भुक्तान गरिरहेका एकजना भाग्नेक्रममा लडेर दाहिने हातको पातो सामान्य सरेको र हालको उनको अवस्था सामान्य रहेको उल्लेख छ। उनलाई चौतारा अस्पतालमा उपचारका लागि लगिएको डिस्चार्ज भइसकेको छ।

भूकम्पपछि भोटेकोशी गाउँपालिका–३ स्थित लुसारेमा सुक्खा पहिरो गएको छ। यस्तै, इलाका प्रहरी कार्यालय कोदारीको एक तल्ले जस्ताको छानो भएको ब्यारेकमा सामान्य क्षति भएको जिप्रकाले जनाएको छ।

प्रहरीले आपतकालीन अवस्थामा प्रहरीको १०० नम्बरमा फोन गरेर सम्पर्क गर्न सकिने पनि जानकारी दिएको छ।

प्रकाशित मिति : २०८१, १६ फाल्गुन शुक्रबार ००:००  ४ : २४ बजे