२०८१, ८ मंसिर शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्नपूर्ण गाउँपालिकामा ʿएक व्यक्ति, एक मास्कʾअभियान




काठमाडौं । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि कास्कीको अन्नपूर्ण गाउँपालिकामा ʿएक व्यक्ति, एक मास्कʾ अभियान सुरु भएको छ । गाउँपालिकालाई कोरोना भाइरसको जोखिमबाट जोगाउने लक्ष्यका साथ एक व्यक्ति एक मास्क अभियानलाई अनिवार्य गराउँदै ११ वटै वडामा नागरिकको घरदैलोमा कार्यक्रम सञ्चालन गरेको हो ।

गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले गाउँपालिकाभित्र अहिलेसम्म ३५ हजार मास्क वितरण गरिसकिएको जानकारी दिए । थप ३५ हजार वितरण गर्ने तयारी गरिएको उनको भनाई छ ।

भाइरसको सङ्क्रमणबाट जोगिनका लागि नागरिकलाई सचेत गराउन यसको जोखिम, बच्ने उपाय लगायतका विषय समेटिएको एक हजार ५०० ब्रोसर वितरण गरिएको उनले बताए । स्वास्थ्य सजगता र हात धुन नागरिकलाई अभिप्रेरित गर्न सात हजार ३० साबुन वितरण गरिएको छ ।

अभियानमा जनप्रतिनिधि, टोल विकास संस्था, आमा समूह, विद्यालयका शिक्षक लगायतलाई परिचालन गरिएको छ ।

प्रकाशित मिति : २०७७, ६ भाद्र शनिबार ००:००  ६ : ०२ बजे