२०८१, १९ फाल्गुन सोमबार | Mon Mar 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा स्टाफिङ सेवाको आकर्षण बढ्दो



पछिल्ला केही वर्षयता नेपालमा स्टाफिङ सेवाप्रति आकर्षण उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ। निजी तथा सार्वजनिक क्षेत्रहरूमा दक्ष जनशक्ति व्यवस्थापन गर्ने प्रवृत्ति बढ्दै गएपछि स्टाफिङ सेवाको माग उच्च दरमा वृद्धि भएको हो।

सूचना प्रविधि, बैंकिङ, शिक्षा, स्वास्थ्य तथा निर्माण क्षेत्रमा दक्ष कर्मचारीको आवश्यकता तीव्र रूपमा महसुस गरिएको छ। यही आवश्यकताका कारण विभिन्न स्टाफिङ एजेन्सीहरू सञ्चालनमा आएका छन्। सुविधा सेवा प्रा. लि. लगायतका कम्पनीहरूले हजारौँ दक्ष जनशक्ति आवश्यक कार्यालय तथा कम्पनीहरूलाई उपलब्ध गराउँदै आएका छन्।

स्टाफिङ सेवाले कम्पनीहरूलाई कर्मचारी भर्ती प्रक्रिया झन्झटमुक्त बनाउनका साथै समय र स्रोतको बचत गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको छ। आवश्यक योग्यतासहितको कर्मचारी आपूर्ति हुने हुँदा कम्पनीहरूलाई सही कर्मचारी छनोटमा सहजता मिल्ने सुविधा सेवा प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत निरज बोहराले बताए ।

उनका अनुसार कम्पनीहरूको आवश्यकतानुसार स्थायी तथा अस्थायी कर्मचारी राख्न सकिने लचकता स्टाफिङ सेवाको अर्को प्रमुख विशेषता हो। श्रम ऐन तथा कानुनी प्रक्रियाहरूको पालना गर्न स्टाफिङ सेवाले महत्वपूर्ण भूमिका खेल्ने बोहराकाे भनाइ छ ।

प्रतिष्ठित एजेन्सीहरू क्रियाशील

हाल नेपालमा केही प्रतिष्ठित स्टाफिङ एजेन्सीहरू क्रियाशील रहेका छन्। बैंकिङ तथा वित्तीय संस्था, सूचना प्रविधि कम्पनी, होटल तथा पर्यटन क्षेत्रलगायतमा यस्ता सेवाहरू लोकप्रिय बन्दै गएका छन्। तर, विज्ञहरूका अनुसार स्टाफिङ सेवासँग सम्बन्धित कानुनी तथा नीतिगत स्पष्टता अझै परिपक्व भइसकेको छैन। सरकारले यस क्षेत्रलाई व्यवस्थित बनाउन स्पष्ट नीति निर्माण गर्नु आवश्यक देखिएको छ।

सुविधा सेवा प्रा. लि. को योगदान

सन् २००३ मा स्थापना भएको सुविधा सेवा प्रा. लि. ले विभिन्न व्यवसायिक क्षेत्रहरूमा दक्ष तथा योग्य जनशक्ति आपूर्ति गर्दै उत्कृष्ट सेवा प्रदान गरिरहेको छ। कर्मचारी छनोट तथा तालिम,प्रशासनिक तथा एचआर सेवाहरूको प्रभावकारी व्यवस्थापन ,उच्चतम ग्राहक सन्तुष्टि र नेपालभरि विभिन्न उद्योग तथा क्षेत्रका लागि सेवा प्रवाह सुविधा सेवा प्रा. लि. का मुख्य विशेषताहरू हुन् ।

नेपालमा व्यवसायहरू डिजिटल र प्रतिस्पर्धात्मक बन्दै गइरहेका अवस्थामा दक्ष जनशक्ति व्यवस्थापनको आवश्यकता झन् बढ्दै जाने देखिन्छ। स्टाफिङ सेवा क्षेत्रको वृद्धिसँगै सुविधा सेवा प्रा. लि. जस्ता अनुभवी कम्पनीहरूको भूमिका महत्वपूर्ण हुँदै गएको छ। आगामी दिनहरूमा सुविधा सेवाले नवीनतम समाधान, गुणस्तरीय सेवा, र व्यवसायिक दक्षता मार्फत नेपालमा स्टाफिङ उद्योगलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ।

दक्ष जनशक्ति व्यवस्थापनका लागि सुविधा सेवा, तपाईँको भरपर्दो साझेदार।

प्रकाशित मिति : २०८१, १८ फाल्गुन आइतबार ००:००  २ : २६ बजे