मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाका दुई विकट वडामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिधुत सेवा पुगेको छ। साविकको रोवा गाविस हालको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १० र ११ मा बिजुली पुगेपछि स्थानीयवासी खुसी भएका छन्।
छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा तथा गमगाढ बिधुत वितरण केन्द्र गमगढीको प्राविधिक सहकार्यमा करिब चार वर्षको प्रयासपछि बिधुत सेवा गाउँगाउँमा पुगेको हो। नगरपालिकाले १ करोड ९३ लाख रुपैयाँ लागतमा बिधुतीकरण सम्पन्न गरेको हो।
नगरपालिकाका अनुसार वडा नम्बर १० का ६०० घरधुरीका २२०० नागरिक र वडा नम्बर ११ का २४५ घरधुरीका १४०० नागरिक गरी ३६०० स्थानीय बासिन्दा बिधुत सेवाबाट लाभान्वित भएका छन्।
स्थानीयहरुले भने, “बर्षौदेखि दियालोको भरमा बस्नुपरेको थियो। बिजुली आयो अब दियालो बाल्नु पर्दैन। विद्यार्थीले टुकी बालेर पढ्नुपर्ने बाध्यता हटेको छ।“
बिधुत सेवा नियमित भए पनि गमगाढ बिधुत वितरण केन्द्रको पावरहाउसमा रहेको मेसिनको वेरिङ्गमा समस्या देखिएकाले बेलाबेलामा विद्युत अवरुद्ध हुने गरेको स्थानीयले बताएका छन्।
गाउँगाउँमा बिधुत पु¥याउने योजनाअनुसार भौगोलिक विकटता बाबजुद नगरपालिका प्रमुख विष्णु कुमार भामले सहजिकरण गर्नु भएको थियो ।
बर्षौसम्म अन्धकारमा बस्न बाध्य स्थानीय अहिले बिधुत सेवा पाएपछि उत्साहित भएका छन्।