२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माधव नेपालको सुरक्षामा खटिएका ९ प्रहरीमा कोरोना



काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल र उनका परिवारका सदस्यको रिपोर्ट भने नेगेभिट आएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

स्वकीय सचिव गौतमका अनुसार कोरोना संक्रमण देखिनेमा नेपालको सुरक्षामा खटिँदै आएका पिएसओ नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका ८ जना रहेका छन् । बिहीबार नेता नेपाल, उनको परिवार, उनको सुरक्षामा खटिएका सुरक्षकर्मीसहित निवासका २४ जनाभन्दा बढीको स्वाब संकलन गरी पठाइएको थियो । शुक्रबार आएको रिपोर्टमा ९ सुरक्षाकर्मीलाई संक्रमण देखिए पनि नेता नेपाल, परिवारका अन्य सदस्य, स्वकीय सचिव लगायत अन्यको रिपोर्ट भने नेगेटिभ आएको गौतमले जानकारी दिए ।

पिएसओ ड्यूटीमा नरहेको बेलामा संक्रमण देखिएको स्वकीय सचिव गौतमको भनाइ छ । संक्रमण देखिएका सबैलाई शुक्रबार राति नै आएसोलेसनमा पठाइसकिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, ६ भाद्र शनिबार ००:००  ६ : ०८ बजे