२०८१, १९ फाल्गुन सोमबार | Tue Mar 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रारामा पर्यटकको लेक लागेर मृत्यु



नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको हो ।

जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए । चेकजाँच पछि शरीरमा अक्सिजनको कमी रहेकाले अस्पताल भर्ना हुन चिकित्सकले आग्रह गर्दा अटेर गरि हिँडेका विश्वकर्मालाई सोमबार बिहान ६ बजे उनका साथीहरूले एम्बुलेन्समा फेरि अस्पताल लगेका थिए । अस्पताल पुग्दा उनको मृत्यु भइसकेको थियो ।

हिमपात भएको बेला, चिसो मौसम, उच्च हिमाली भूभागमा अक्सिजनको कमीको कारण लेख लागेर काडियो प्रमोनरी एरेष्ट हुँदा उनको मृत्यु भएको जनाइएको छ ।

आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।

प्रकाशित मिति : २०८१, १९ फाल्गुन सोमबार ००:००  ११ : ५८ बजे