२०८२, १८ माघ शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानी पाइप फुटेपछि यसरी डुब्यो थापाथली क्षेत्र



पाइपलाइन फुटेपछि थापाथली क्षेत्रका पसलहरु डुबानमा परेका हुन् । सडकसमेत अवरुद्ध भएको छ ।

२० फागुन, काठमाडौं । थापाथली चोक नजिक मेलम्ची खानेपानीको पाइप फुटेपछि त्यस क्षेत्र डुबानमा परेको छ ।

थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल छिर्नेतर्फको सडकमा खानेपानीको पाइप फुटेको हो ।

बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको थियो । सडकसमेत अवरुद्ध भएको छ । पानी नजिकका घर र पसलहरुमा पसेको छ । त्यहाँ नजिक फार्मेसीहरू, रेस्टुरेन्टलगायत पसल पनि रहेका छन् ।

यहाँको पाइप के कारणले फुटेको हो भन्ने पत्ता लागिसकेको छैन । कालोपत्रे सडक फोडेर पानी बाहिर आएको छ ।

यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए । बबर महलमा विद्युत प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो ।

प्रकाशित मिति : २०८१, २० फाल्गुन मंगलबार ००:००  ८ : ०९ बजे