बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिकाले अध्यक्ष फेलोसिप कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिका भित्रका विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै, अध्ययन र अनुसन्धानको क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । विशेषगरी, स्नातक र सो भन्दा माथिको स्तरमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालनमा रहेको छ ।
गत वर्षको कार्यक्रम निकै सफल भएको र यस वर्ष पनि थप अनुसन्धान र विकासको कार्य अगाडि बढाइने तमान खोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले अनलाइन सरोकारलाई बताउनु भयो । उहाँले भन्नु भयो तमानखोला गाउँपालिकाले यो कार्यक्रमको माध्यमबाट विद्यार्थीहरूको प्रतिभा उजागर गर्न र उनीहरूलाई अनुसन्धानको क्षेत्रमा प्रोत्साहित गर्न चाहन्छ ।
यस कार्यक्रमका माध्यमबाट गत वर्ष २ जना विद्यार्थीले फेलोसिप प्राप्त गरेको अध्यक्ष बुढा मगरले जानकारी दिनु भयो । संघीयता लागू भएपछि तमान खोला गाउँपालिकामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ, र यस कार्यक्रमले थप सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ।
यस फेलोसिप कार्यक्रमले विद्यार्थीहरूलाई नयाँ अनुसन्धानका अवसरहरू प्रदान गर्नेछ र यसले तमान खोला गाउँपालिकाको समग्र शैक्षिक वातावरणमा सुधार ल्याउने अपेक्षा गरिएको छ।