२०८१, २२ फाल्गुन बिहीबार | Thu Mar 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढानीलकण्ठ नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न



बुढानीलकण्ठ नगरपालिकामा आज (फाल्गुन २२ गते ) सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष ०८१ र ८२ प्रारम्भ भएदेखि हाल सम्म सम्पादन गरेका कामको प्रभावकारिता तथा नागरिकको सन्तुष्टि तथा गुनासो सुनुवाइ गर्ने उद्देश्यका साथ सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।

बुढानीलकण्ठ नगरपालिका वडा न १० मा रहेका कपन ह्यान्डबल बहुउद्देश्यीय खेल मैदानमा बिहान ७ बजे देखि ११ बजे सम्म सञ्चालन भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी लगायत नगरवासीहरू उपस्थित भएका थिए ।

नगरपालिकाले गरेका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शिता सुनिश्चित गर्नका लागी नगरपालिकाले प्रत्येक ४ महिनामा सार्वजनिके सुनुवाइ कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा सञ्चारकर्मी रवीन्द्र ढुङ्गेलले नगर भित्रका स्थानीय सँग गएर हरेक काम कार भाइको विषयमा नागरिकको सन्तुष्ट र असन्तुष्टको विवरण तयार पारि डकुमेन्ट्री सुनाएका थिए ।

कार्यक्रममा नगरपालिकाले सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिता को सम्बन्धमा करिब २० जना नागरिकहरूले आफ्नो गुनासो, प्रतिक्रिया र सुझावहरू प्रस्तुत गरेका थिए ।
नागरिकहरू बाट प्राप्त भएका गुनासाहरूको नगर प्रमुख मिठा राम अधिकारीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा आएका सुझावहरूको उच्च मूल्याङ्कन गर्दै नगरपालिकाको गतिविधिलाई चुस्त दुरुस्त रूपमा सञ्चालन गर्न मद्दत पुग्ने नगरप्रमुख अधिकारीले बताउनुभएको छ ।

नगर प्रमुख मिठा राम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख अनिता लामा, नगर प्रवक्ता नवराज भट्टराई, सुशासन समिति संयोजक शम्भु प्रसाद भट्टराई लगायत विभिन्न विषयगत समितिका संयोजक, नगर सभा सदस्य, सुरक्षा निकाएका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१, २२ फाल्गुन बिहीबार ००:००  ३ : ११ बजे