२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६३४ संक्रमित थपिए, थप ९ जनाको मृत्यु



काठमाडौं । काठमाडौं उपत्यकामा २ सय १६ सहित नेपालमा शनिबार थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा १२ हजार ५ सय १९ जनाको स्वाब परीक्षण गर्दा ६ सय ३४ जनामा संक्रमण देखिएको जानकारी दिए । यसमध्ये काठमाडौं जिल्लामा १६०, ललितपुरमा ६ र भक्तपुरका ५० जना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ रहेको छ । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७ सय ५ जना रहेका भने होम आइसोलेशनमा ३ हजार ९ सय १६ जना रहेका छन् । त्यस्तै थप १३६ जना कोरोना संक्रमित निको भएका छन् । योसहित कोरोनामुक्त हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।

यस्तै, थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । प्रवक्ता गौतमले गत २४ घण्टामा ६ वटा जिल्लामा गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे । संक्रमणबाट सुनसरीमा २, पर्सामा ३, बारा, सिरहा, मकवानपुर र भक्तपुरमा १, १ जना कोरोना संक्रमितको मृत्यु भएको उनले बताए । मृत्यु हुनेमा सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्साका ६१, ५८ र ४८ वर्षीय पुरुष रहेका छन् । यस्तै, बारामा ५८, सिरहामा ६८, मकवानपुरमा ५६ र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणको मृत्युदर शून्य दशमलव ५ प्रतिशत रहेको गौतमले बताए ।

प्रकाशित मिति : २०७७, ६ भाद्र शनिबार ००:००  ११ : ०७ बजे