२०८१, २७ फाल्गुन मंगलबार | Tue Mar 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परम्परागत पहिरन संरक्षण गर्दै म्यागङ गाउँपालिका, बुधबार मौलिक पोशाक अनिवार्य



नुवाकोटको म्यागङ गाउँपालिकाले मौलिक पहिरनको संरक्षण गर्न थालेको छ । बढ्दो आधुनिकीकरणले परम्परागत मौलिक पहिरन लोप हुँदै गएका बेला म्यागङ गाउँपालिकाले नीतिगत रुपमै परम्परागत जातिय पहिचान झल्काउने पोशाकको पहिरनमा जोड दिएको हो ।

म्यागङ गाउँपालिकाले हप्तामा एक दिन बुधबार अनिवार्य परम्परागत मौलिक पोशाक लगाउनुपर्ने नियम लागू गरेको छ । म्यागङका जनप्रतिनिधि बुधबार आ–आफ्नो मौलिक पहिरनमा कार्यालय आउने गरेका छन् । गाउँपालिका र पालिका भित्रका सबै सरकारी कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, शिक्षिका, विद्यार्थी, विद्यालय कर्मचारी सबैले हरेक हप्ताको बुधबार आ–आफ्नो जातअनुसारको पहिरन लगाउने गरेका छन् ।

सांस्कृतिक पहिरनमा विद्यालय सञ्चालन गर्ने गाउँपालिकाको शिक्षा ऐन, २०७८ अनुसार पालिकाका २२ वटै सामुदायिक विद्यालय र दुईवटा निजी विद्यालयमा बुधबार–बुधबार मौलिक पहिरन अनिवार्य लागू गरिएको छ ।

जातीय पहिचानका रूपमा लिइने पहिरनलाई म्यागङको परिचयका रुपमा स्थापित गराउँदै मौलिक परम्परागत पोशाक लगाउने र त्यसका बारेमा बालबालिकालाई समेत जानकारी गराउने उद्देश्यले आफैंबाट त्यसको सुरुवात गर्दै पालिका भित्र हप्तामा १ दिन अनिवार्य परम्परागत पोशाक लगाउने नियम लागू गरिएको गाउँपालिकाका अध्यक्ष आशा तामाङले अनलाइन सरोकारसँग बताए ।

पालिकाले कम्तीमा हप्तामा १ दिन अनिवार्य मौलिक पहिरन लगाउन मातहतका जनप्रतिनिधि कर्मचारी र विद्यालयका शिक्षक, विद्यार्थीलाई निर्देशन दिँदै पालिकाबासी नागरिकलाई समेत परम्परागत पहिरनमा सजिन अनुरोध गरेसँगै अहिले म्यागङका सार्वजनिक कार्यक्रम, चाडपर्व, मेला, महोत्सव र घुमफिर जानेले समेत आधुनिक पोशाक भन्दा मौलिक पहिरन लगाउने बानी बसेको छ ।

प्रकाशित मिति : २०८१, २६ फाल्गुन सोमबार ००:००  ११ : १४ बजे