बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराऊन तीनै तहको सरकार लागी पर्न आवश्यक रहेको बताउनु भएको छ ।
भिमफेदि गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यक्रममा सामाजिक सुरक्षा कोषको निमार्णलाई कसरी अघि बढाउने र यसका लाभका बारेमा श्रमिकलाई राम्रोसँग बुझाउन आवश्यक रहेको बताउनु भएको छ ।

लामाले श्रमिकहरूलाई आफ्नो काममा सुरक्षित महसुस गर्नका लागि सुरक्षा कोषको महत्त्वको कुरा गर्दै, “श्रमजीवीहरूले बिरामी हुँदा र अन्य आपत्कालीन अवस्थामा सहजता महसुस गर्न भएकाले कार्यान्वयन पक्षलाई प्राथमिकताका साथ लिई यो अभियान अघि बढाउन आग्रह गर्नु भयो ।

मन्त्री लामाले भिमफेदि गाउँपालिकाको यो अभियान लाभदायक भएकाले सफलता सुनिश्चित गर्न गाउँपालिका, प्रदेश सरकार र सङ्घ सरकारको सहकार्य आवश्यक रहेको बताउनु भयो ।
उहाँले सामाजिक सुरक्षा कोषलाई भविष्यमा अप्ठ्यारो स्थितिहरूमा सहजीकरण गर्ने र देशको आर्थिक समृद्धिमा टेवा पुर्याउने एक मुख्य आधारको रूपमा रहेको उल्लेख गर्नु भयो “सामाजिक सुरक्षा कोषको प्रभाव शिक्षा, स्वास्थ्य र रोजगार क्षेत्रका साथै समग्र देशको विकासमा ठुलो भूमिका खेल्ने मन्त्री लामाको भनाई छ ।

यस कार्यक्रमले भिमफेदि गाउँपालिकाका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदै, उनीहरूको भविष्य सुरक्षित बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
