२०८१, २८ फाल्गुन बुधबार | Wed Mar 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प



गण्डकी प्रदेशमा तीन दिनको अवधिमा गएको यो तेस्रो भूकम्प हो । कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पको धक्काले बिहानीको मस्त निद्रा खलबलाइदिएको थियो । भूकम्पले क्षति पुर्‍याए/नपुर्‍याएको जानकारी प्राप्त हुन सकेको छैन ।

गण्डकी प्रदेशमा तीन दिनको अवधिमा गएको यो तेस्रो भूकम्प हो । यसअघि फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४.१ र म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

फागुन २४ गते नै चीनको तिब्बतस्थित सिगात्सेको दिङ्गी केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प जाँदा नेपालको केन्द्रीय राजधानी काठमाडौं सहितका जिल्लामा पनि धक्का महसुस भएको थियो ।

प्रकाशित मिति : २०८१, २७ फाल्गुन मंगलबार ००:००  ८ : २६ बजे