२०८१, २८ फाल्गुन बुधबार | Wed Mar 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पालिकाको भवन उद्घाटन गर्न नेचासल्यानले राष्ट्रपति ल्याउने

गाउँपालिका अध्यक्ष धनजन राई भन्छन् ‘राष्ट्र प्रमुखको आगमनले सोलुको विकासमा टेवा पुग्छ’



सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले प्रशासकीय भवन उद्घाटनका लाग राष्ट्रपति रामचन्द्र पौडेललाई ल्याउने भएको छ । नेचासल्यानको नवनिर्मित भवन उद्घाटनका लागि चैत्र ११ गते राष्ट्रपति पौडेल सोलुखुम्बु आउने कार्यक्रम तय भएको हो

गाउँपालिका अध्यक्ष धनजन राई, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता बलबहादुर केसीलगायतको टोलीले राष्ट्रपति पौडेललाई निमन्त्रणा दिएर राष्ट्रपतिको समय अनुसार नै चैत्र ११ गते भवन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

राष्ट्र प्रमुखको बाहुलीबाट प्रशासकीय भवन उद्घाटन गर्ने अवसर प्राप्त भएको गाउँपालिका अध्यक्ष राईले अनलाईन सरोकारसँग बताए । राष्ट्रपतिको उपस्थितीले सोलुखुम्बुको विकासमा टेवा पुग्ने उनको भनाई छ ।

नेचासल्यानमा कुल ३ करोड ७२ लाखको लागतमा ५ तले सुविधा सम्पन्न प्रशासनिक भवन बनेको छ । आरोन ॐ बालाजी पिआरजेभिले निर्माण गरेको भवनबाट सेवा प्रवाह भने सुरु भईसकेको छ ।

प्रकाशित मिति : २०८१, २८ फाल्गुन बुधबार ००:००  ३ : २८ बजे