२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य बीमाको पहुँच विस्तार गर्दै फाल्गुनन्द गाउँपालिका



पाँचथरको फाल्गुनन्द गाउँपालिकाले सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने भएको छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम स्वास्थ्य बीमाको पहुँचमा पालिकाबासी नागरिकलाई समेट्ने र उपचारमा सुविधा दिने गरी फाल्गुनन्दले कार्यक्रम सञ्चालन गरेको हो ।

प्रत्येक आर्थिक वर्षमा एउटा वडाको ३५ घरधुरीलाई पालिकाले बीमा गरिदिने गरेको र विपन्न नागरिकको उपचार कोषबाट सहयोग लिनेलाई अनिवार्य बीमा कार्यक्रममा समेट्ने गरिएको गाउँपालिका अध्यक्ष बृज हाङ आङदेम्बेले अनलाइन सरोकारसँग बताए । बीमा र पालिका आन्तरिक कार्यक्रमहरुको प्रभावले फाल्गुनन्दको स्वास्थ्य सेवामा सुधार आएको अध्यक्ष आङदेम्बेको भनाई छ ।

पालिकाले स्वास्थ्य बीमा गराएका विपन्न नागरिहले उपचारमा छुट सुविधा लिएपछि अन्य स्थानीयले स्वस्फर्त बीमा गराउन थालेका छन् ।

स्वास्थ्य बीमा लागू भएका क्षेत्रका स्थानीयले एक पटक बीमा गर्ने र वार्षिक नविकरण गरेर स्वास्थ्य उपचारमा छुट सेवा लिइरहेका छन् ।  

प्रकाशित मिति : २०८१, २९ फाल्गुन बिहीबार ००:००  ९ : ५७ बजे