२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई कोरोना संक्रमित अस्पतालबाट फरार



काठमाडौं । वीरगञ्जमा दुई जना कोरोना संक्रमित अस्पतालबाट भागेका छन् । वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालबाट उनीहरु भागेको प्रहरीले जनाएको छ । राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु कसरी भागे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने आशंका प्रहरीको छ ।

उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, ७ भाद्र आइतबार ००:००  ९ : ४९ बजे