२०८१, २७ चैत्र बिहीबार | Thu Apr 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी–समाजवादी प्यानलले विव्यसको चुनाव जित्यो



सिन्धुपाल्चोकको एउटा विद्यालयमा कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी–समाजवादी प्यानलले विव्यसको चुनाव जितेको छ । सिन्धुपाल्चोकको सबैभन्दा पुरानो विद्यालय श्री कृष्ण रत्न गंगा माविको विद्यालय व्यवस्थापन समिति छनोटमा कांग्रेस एमाले गठबन्धनलाई हराउँदै माओवादी–समाजवादी गठबन्धनको प्यानल नै विजयी भएको हो ।

विद्यालय व्यवस्थापन समितिको नयाँ पदाधिकारी छनोटका लागि शनिवार निर्वाचन भएको थियो । प्रमुख राजनीति दलहरू गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए ।

सत्ता गठबन्धन एमाले र काँग्रेसका उम्मेदवार निमेश श्रेष्ठको प्यानलाई हराउँदै माओवादी र समाजवादी प्यानलबाट उम्मेदवार भएका ईश्वरी प्रसाद श्रेष्ठको प्यानल विजय भएको हो ।

कुल १३ सय ८९ मतदाता रहेकोमा ८ सय ६४ मत खसेको थियो । माओवादी–समाजवादी गठबन्धनका ईश्वरी श्रेष्ठले ३५८,उनकै प्यानलबाट राजन बुढाथोकीले ३ सय ९६, लक्ष्मी श्रेष्ठले ३ सय ८२ निर्मला श्रेष्ठले ३ सय ८२ मत प्राप्त गरेकी थिइन ।

त्यस्तै एमाले, कांग्रेस प्यानलबाट उम्मेदवार भएका निमेश श्रेष्ठले ३ सय २२, निमा लामा २ सय ७७, बिन्दा पुरी ३ सय २४ र लजिता श्रेष्ठले ३ सय ३९ मत प्राप्त गरेकी थिइन ।

माओवादी र समाजवादी गठबन्धनबाट निर्वाचित भएका ईश्वरी श्रेष्ठ एमाले नै हुन् । एमालेले उम्मेदवार नबनाएपछि उनी विद्रोह गरेर अर्को गठबन्धन बनाएर निर्वाचनमा भाग लिएका थिए । त्यस्तै एमाले र कांग्रेसबाट निमेश श्रेष्ठको प्यानल अघि सारिएको थियो ।

ईश्वरी श्रेष्ठ केही वर्ष एमाले छाडेर समाजवादमा गएको केही समयपछि उनी पुनः एमाले मा नै फर्किएका थिए । उनलाई समाजवादी सहित समाजवादी एमालेको लिगेशी बाट पनि धेरै मत आएको नेताहरूको दाबी छ । एमाले केन्द्रीय सदस्य एवं पूर्वसासंद सुवास कर्माचार्य लगायतका नेताहरूको भित्री समर्थन श्रेष्ठलाई रहेको स्रोतको दाबी छ ।

एमाले र कांग्रेसबाट उम्मेदवार भएका निमेश श्रेष्ठलाई भने एमाले नेता एवं पूर्व सासंद कृष्णराज श्रेष्ठ लगायत नेताहरूको समर्थन रहेको थियो ।

गठबन्धनलाई पराजित गरेर आफूहरूको प्यानल नै जित भएको र चौतारा क्याम्पसको स्ववियु निर्वाचनमा पनि सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी माओवादी केन्द्रीय सदस्य माधव सापकोटाको दाबी छ । स्ववियु निर्वाचनमा सिन्धुपाल्चोकमा कांग्रेस र एमाले बिच गठबन्धन रहेको छ ।  

प्रकाशित मिति : २०८१, २ चैत्र आइतबार ००:००  १० : १५ बजे