२०८१, २७ चैत्र बिहीबार | Thu Apr 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलागुफाको ३ वर्ष: शिक्षा, स्वास्थ्य र कृषिमा सफलता, पूर्वाधार विकासमा बजेटको समस्या

मेयर शंकरप्रसाद उपाध्याय भन्छन् ‘कार्यकालको मध्यावधि मध्यम रह्यो, स्रोत अभाव मुख्य चुनौती बन्यो’



कालीकोटको तिलागुफा नगरपालिकाले वर्तमान जनप्रतिनिधि नेतृत्वको ३ वर्षमा शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा ऐतिहासिक सफलता हासिल गर्नेगरी काम गरेको छ । कर्णालीको दुर्गम जिल्ला कालीकोटको पश्चिमी क्षेत्रमा पर्ने तिलागुफाको वर्तमान नेतृत्वले नागरिकको आधारभूत आवश्यकता र प्रत्यक्ष सरोकारका विषयलाई प्राथमिकतामा राखेर देखिने र तत्काल परिवर्तनको अनुभूती हुनेगरी काम गरेको हो ।

तिलागुफाका नगरप्रमुख शंकरप्रसाद उपाध्यायले कार्यकाल सुरु भएपछिको ३ वर्ष मध्यमखालको बनेको बताए । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासका काम गरेको बताउँदै नगरप्रमुख उपाध्यायले ३ वर्षमा गरेका मुख्य कामहरुमा नगरअस्पतालको क्षमता अभिवृद्धि गरी सञ्चालन गरिएको र गाउँकै स्वास्थ्य संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गराईएको, विद्यालयमा आवाससहितको शिक्षाको सुरुवात गरिएको र सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधार गरिएको, एक घर एक धारा अभियानमा समेत हालसम्म ५० प्रतिशत भन्दा बढी सफलता मिलेको बताए । 

भुगोलका कारण सडकसहितका पूर्वाधार विकासमा चुनौती भएपनि ११ वटै वडामा सडक सञ्जाल विकास र विस्तारको काम भईरहेको मेयर उपाध्यायको भनाई छ । राराको प्रवेशद्धारमा रहेको र पर्यटनको प्रचुर सम्भावना भएको तीलागुफालाई पर्यटकीय हब बनाउन प्रदेश र संघ सरकारसँग समन्वय गरेर पर्यटन पूर्वाधार विकासको काम भईरहेको मेयर उपाध्यायले बताए । पूर्वाधार विकासमा बजेट अभावका कारण सोचेजस्तो काम गर्न नसकिएको मेयर उपाध्याय बताउँछन् ।

तिलागुफा नगरपालिकाले भौतिक, आर्थिक तथा सामाजिक विकासमा विगत ३ वर्षमा आशातित् फड्को मारेको छ । सुशासन र सेवा प्रवाहमा सुधार गरेको तिलागुफाले सिमित स्रोतबाट नागरिकका असिमित माग र आवश्यकता पुरा गरिरहेको छ ।

प्रकाशित मिति : २०८१, ३ चैत्र सोमबार ००:००  ११ : ०८ बजे