२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्थलीका ७९ जना कर्मचारीमा कोरोना नभएकाे पुष्टि



रामेछाप । रामेछापको मन्थली नगरपालिकाबाट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएका ७९ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । मन्थली नगरपालिकाका एक कर्मचारीमा संक्रमण देखिएपछि त्रसित मन्थली नगरपालिका र मन्थली भित्रका अधिकांश सरकारी कार्यालयमा कर्मचारी लगायत ७९ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

मन्थली नगरपालिका, जिल्ला अदालत, स्वास्थ्य संस्थाहरु, जिल्ला आयोजना कार्यान्वयन ईकाइ रामेछाप, जिल्ला प्रहरी कार्यालय लगायतका निकायमा कार्यरत पिसिआर पररीक्षण गराएका सबै कर्मचारीको रिपोर्ट नेगेटिभ आएको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए । कोरोनाको संक्रमण बढिरहेको अवस्थामा आवश्यक सतर्कता अपनाउन नगरप्रमुख बस्नेतले सबैमा अपिल गरेका छन् ।

जिल्ला सदरमुकाम समेत रहेको मन्थली क्षेत्रमा कोरोना संक्रमण फैलन नदिन आवश्यक सतर्कता अपनाईएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ७ भाद्र आइतबार ००:००  ९ : ५३ बजे